स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न महासंघ बाँकेको अपील
  • काँचुली खबर

५ जेष्ठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम रहेका व्यक्तिहरुलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न अपील गरेको छ ।

शुक्रबार सात दिने सूचना जारी गर्दै महासंघले गैरपत्रकारलाई सदस्यता परित्याग गर्न आग्रह गरेको हो । शुक्रबार सम्पन्न बाँके शाखाको बैठकले केन्द्रिय समितिद्धारा जारी गरीएको सदस्यता शुद्धिकरण मापदण्ड अनुसार पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मानसहित बिदाई गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार ७ दिनभित्र स्वेच्छिक रुपमा सदस्यता परित्यागकालागि सार्वजनिक सूचना जारी गरीएको महासंघ बाँकेका सचिव कमल डाँगीले जानकारी दिएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सूचनामा स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्नेलाई स-सम्मान विदाइ गर्ने र गैरपत्रकार भए मापदण्डको व्यवस्था अनुरुप सदस्यता नविकरण नगर्ने उल्लेख छ । तीन वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नभएको, राजनीतिक दलको कुनै समितिको पदाधिकारी रहेको, जनप्रतिनिधि, सरकारी सेवा तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थान बाहेक अन्य संस्थाका कर्मचारी, कहिले काँही मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी, मुख्य पेशा पत्रकारिता बाहेक अन्य रहेका, सञ्चार माध्यममा विशुद्ध व्यवस्थापन, बजार प्रतिनिधि र प्रशासनीक कर्मचारीका साथै ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिको सदस्यता नविकरण नहुने सूचनामा उल्लेख छ ।

बाँकेमा पछिल्लो रेकर्ड अनुसार ३३५ जना पत्रकार महासंघका सदस्य रहेका छन् ।

  • ५ जेष्ठ २०८०, शुक्रबार २१:२६ प्रकाशित
  • Nabintech