१४ बैशाख २०८१, शुक्रबार
शरणार्थी प्रकरणका सबै अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
  • काँचुली खबर

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो ।

जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

  • ३१ बैशाख २०८०, आईतवार १७:४१ प्रकाशित
  • Nabintech