३१ बैशाख कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका सचिव शुभाकर विश्वकर्माले आफ्ना स्व. बुवा दिप बहादुर कामिको सम्झनामा क्रियासिल पत्रकारीता पुरस्कार घोषणा गरेका छन ।
प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ मा अबस्थित कुपिण्डे ताल भ्रमण तथा मासिक बैठकको अबसरमा उनले पत्रकारीता पुरस्कार घोषणा गरेका हुन । प्रत्येक वर्ष प्रेस सेन्टर कोहलपुर नगर समितिको स्थापना दिबसको अबसरमा प्रेस सेन्टरमा आबद्ध एकजना पत्रकारलाई उक्त पत्रकारीता पुरस्कार प्रदान गरीने उनले बताए । स्व. दिप बहादुर प्रतिष्ठानद्धारा प्रत्येक वर्ष एक जना क्रियासिल पत्रकारलाई पाँच हजार राशीको उक्त पत्रकारीता पुरस्कार प्रदान गरीनेछ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले भने ‘मेरो पुजनीय बुवाको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको कुपिण्डेमा बसेको मासिक बैठकको अबसरमा यो पुरस्कार घोषणा गरेको हुँ ।’ स्व. दिप बहादुर प्रतिष्ठान जुम्लाका अध्यक्ष समेत रहेका विश्वकर्माले पाँच हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले प्रेस सेन्टरमा अबद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने पनि बताए । ‘यो पुरस्कार मात्रै होइन, पत्रकारको लागी प्रेरणा पनि हो, यसले थप गतिशिल, अनुशासित र तथ्यपरक पत्रकारिताका लागि प्रेरणा दिने अपेक्षा गरेको छु’ विश्वकर्माले भने ।
यस अघि स्व. दिप बहादुर प्रतिष्ठान जुम्लाद्धारा जुम्लामा क्रियाशिल पत्रकारीता गर्ने एक जना पत्रकारलाई प्रोत्साहन स्वरुप दश हजार राशीको पत्रकारिता पुरस्कार घोषणा गरीसकेको पनि उनले बताए । उनले भने ‘त्यसकै अनुरुप आफु कोहलपुरमा रही पत्रकारीता गरीरहेको र थोरै भए पनि कोहलपुरमा पत्रकारीता गरीरहेका पत्रकारको हौसलाका लागी पुरस्कार घोषण गरेको हुँ ।’
प्रत्येक वर्ष प्रेस सेन्टर नेपाल कोहलपुर नगरको स्थापना दिबसको अबसरमा उक्त पत्रकारीता पुरस्कार प्रदान गरीने उनले बताए ।
३१ बैशाख २०८०, आईतवार १४:४१ प्रकाशित