हाइटेन्सन लाइनमा चढेर बिरोध, रिटेनिङ वालको काम रोक्न माग
  • काँचुली खबर

३० वैशाख, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै माझी हाइटेन्सन प्रसारण लाइनमा चढेका हुन् ।

उनलाई उतार्नका लागि परिवार, आफन्त, प्रहरीले र वडाअध्यक्षले प्रयास गरेका थिए । तर उनले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन् ।

अध्यक्ष र उपाध्यक्ष भने धनकुटामा छन् । झउद्धारका लागि हामी चढ्दा हाम्फाने डर छ, उहाँले अध्यक्ष नै आउनुपर्छ भन्नुभएको छ,’ डिएसपी दाहालले भने, ‘अध्यक्ष उपाध्यक्षज्यूलाई चाडो आइदिनुहोस् भनेका छौं ।’

उनले आफ्नो मागलाई वेवास्ता गरे आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।

  • ३० बैशाख २०८०, शनिबार १३:०५ प्रकाशित
  • Nabintech