७ बैशाख २०८१, शुक्रबार
शैक्षिक समस्या समाधानकालागि अखिल क्रान्तिकारीकाे ध्यानाकर्षण
  • काँचुली खबर

२९ बैशाख, काेहलपुर । अखिल क्रान्तिकारी बाँकेले कोहलपुर क्षेत्रमा देखिएका शैक्षिक समस्या समाधानकालागी ध्यानाकर्षण गराएको छ । अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गएको टोलीले कोहलपुर क्षेत्रमा शैक्षिक विकृति अत्यका लागी ध्यानाकर्षण गराएको हो ।

क्रान्तिकारी टोलीले सरकारी विद्यालयहरूले विद्यार्थी भर्ना नलिएको, आधारभुत तहको शिक्षाकालागी पनि शुल्क लिने गरेको, विद्यार्थी अनुपातमा शिक्षकहरूको व्यवस्था, निजी विद्यालयले लिने गरेको मनोमानी शुल्क  प्रति ध्यानाकर्षण गराएको थियो । यस्तै संस्थागत विद्यालयले दिने छात्रवृत्ति पारदर्शी बनाउनु पर्ने, निजि विद्यालयको शुल्क अनुमोदन गरेको प्रतिलिपि उपलब्ध गराउन माग गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले शिक्षा क्षेत्रमा विकृति रहेको स्वीकार गर्दै नियमन गर्न नसकिएको स्वीकार गरे । उनले एक हप्ता भित्र सुधारकालागी आवश्यक निर्देशन दिने समेत प्रतिबद्धता जनाए । उनले ८ कक्षा सम्मको पढाईका लागी शुल्क लिएको भए फिर्ता गराउने, हप्ता दिन भित्र शुल्क अनुमोदन गराएर सार्वजनिक गर्ने, छात्रा वृद्धि व्यवस्थित गर्न समिति बनाएर काम गर्न निर्देशन दिने प्रतिबद्धता जनाए । केही विद्यालयले अनुमति पाएको भन्दा माथिको कक्षा सञ्चालन गरेको भन्ने उजुरी आएका भन्दै उनले उनीहरू उपर छानबिन भईरहेको जानकारी दिए ।

केही निजी विद्यालयले नगर शिक्षाले निर्धारण गरेको भन्दा धेरै शुल्ल लिएको स्वीकार गदै उनले त्यस गर्न नपाइने र  कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश मुख्य सचिव राजेन्द्र बिष्ट शिक्षा र स्वास्थ्य क्षेत्रका विकृत अव आफूहरूले टुलु टुलु हेरेर नबस्ने चेतावनी दिए । उनले विकृति अत्यकालागी नगर शिक्षा र स्थानीय सरकार अगाडि नबढे शसक्त आन्दोलन गरिने जानकारी दिए ।

उनले  त्रिभुवन नमुना विद्यालय कोहलपुर १०, कृष्ण माध्यामिक विद्यालय कोहलपुर १, लक्ष्मी माध्यामिक विद्यालय कोहलपुर २ लगायतले कक्षा ८, ९ र १० को भर्ना नलिएको गुनासो आएको समेत जानकारी दिए । उनले सरकारी विद्यालयले बिभिन्न बहानामा भर्ना रोके कडा आन्दोलनमा उत्रने चेतावनी दिए । पूर्वाधार र जनशक्तिको अभाव भएको कारण देखाउदै विद्यार्थी भर्ना नलिएको विद्यार्थीहरूको गुनासो छ । उनले निजी विद्यालयले कमिसनका लागी एक कक्षामा ४ वटासम्म पब्लिकेसनका पुस्तका पढाउने गरेको, प्रत्येक वर्ष पब्लिकेसन परिर्वतन गर्ने गरिएको भन्दै रोक्न आग्रह गरेका थिए । बिष्टले नगर शिक्षाले तोकेको भन्दा बढि शुल्क लिनेहरु लाई नियमन र नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

  • २९ बैशाख २०८०, शुक्रबार १६:३३ प्रकाशित
  • Nabintech