सबै विद्यार्थी संगठनले एक स्वरमा भने, ‘सरकाको कदम स्वागतयोग्य’
  • काँचुली खबर

२८ बैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन् गर्ने बताए ।

प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यबाद दिदै, दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मत्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नु पर्ने बताउँदै भने,“प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।” एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो संगठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको बताए । आफ्नो माउपार्टी पनि भ्रष्टाचार विरोधी भएकोले दोषी जोसुकैलाई पनि सरकारले तान्ने र कारवाही गर्नसक्ने बताउँदै भने,“टोपबहादुर रायमाझी कहाँ हुुनुहुन्छ ? किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस, निर्दोष सावित हुनुस, हैन भने अनेरास्ववियुले खोज्न नपरोस ।”

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सत्तारुडढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताईन । अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डहरुलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताईन् । “दिनदहाडै सुनलाई पित्तल बानाउने प्रचलनलाई क्रमभंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई यहि मञ्चबाट सलाम, तर देशी-विदेशीको दबाब समु झुक्नु भयो भने माओवादी विरासत सकिने छ ।”

नेकपा (एस) निकट अनेराश्ववियूका अध्यक्ष सुदेश पाराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस र दबाबमा नपरी अगाडी बढ्नु पर्ने धारणा राखे । आफूहरु सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटा अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनैपनि हालतमा सरकारले खुट्टा कमनाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अध्यक्ष गजुरेलले यस प्रकरणलाई टुङ्गोमा पुर्याएर भ्रष्टाचारका अरु फाइल पनि खोल्नु पर्ने धारणा राखे ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागत योग्य भएको र यो प्रकरण सफल भए प्रचण्ड जनयुद्ध हाँक्न सफल भएजस्तै वर्तमान सत्ता पनि हाँक्न सफल हुने बताए । जनपक्षिय काममा आफू र आफ्नो संगठनको साथ रहने तर नराम्रा काममा खबर्दारी रहने धारणा राखे ।

  • २८ बैशाख २०८०, बिहीबार १६:०६ प्रकाशित
  • Nabintech