१३ बैशाख २०८१, बिहीबार
मन्त्रिपरिषद् विस्तार : कानुन, स्वास्थ्य र खेलकुद मन्त्री नियुक्त
  • काँचुली खबर

२० बैशाख, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

काँग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

  • २० बैशाख २०८०, बुधबार १७:१८ प्रकाशित
  • Nabintech