१८ बैशाख, कोहलपुर । बैजनाथ गाउँपालिकाले आफु अनुकुलका व्यक्तिलाई नदीजन्य पर्दाथ उत्खनन् गर्न दिने तयारी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन । बिना टेन्डर आफू अनुकुलका मानिसलाई अमानतका नाममा मान खोला दोहन गर्न दिने तयारी भई रहेको भन्दै बैजनाथ २ का स्थानीयले विरोध जनाएका हुन ।
गाँउपालिका अध्यक्ष प्रकाश शाहले आफू अनुकुलका मानिसहरूलाई खोला दोहनका लागी सार्वजनिक सूचना समेत ननिकालेर उत्खनन् गर्न दिने तयारी गरेको उनीहरूको आरोप छ । बैजनाथ २ मा पर्ने मानखोलाको मकैबारी र पहाडीपुर नाकाबाट नदीजन्य पर्दाथ उत्खनन् गर्ने गरिएको छ । तर यस वर्ष सार्वजनिक सूचना र वातावरणीय प्रभाव मूल्यांकन बिना नै सीमित व्यक्तिको स्वार्थका लागी खोला जिम्मा लगाउन लागिएको भन्दै बैजनाथ २ का शिव गुरुङले गुनासो गरे ।
विगतमा पनि बिभिन्न व्यक्तिहरूको मिलेमतोमा अवैध रुपमा खोलाको दोहन हुने गरेकोमा स्थानीयले बिरोध पछि रोकिएको थियो । रोकिएको दोहनलाई गाउँपालिका अध्यक्षले वैधानिकता दिन लागेको उनको आरोप छ । विगतमा मानखोला दोहन भएको भन्दै रोक्नका लागी स्थानियले पालिका घेराउ लगायतका विरोधका कार्यक्रमहरू समेत गरेका थिए ।
वातावरणीय प्रभाव मूल्यांकन बिना नदि जन्य पदार्थ निकादा स्थानियको धाराहरूमा पानी सुक्ने, नदि कटान, पहिरो लगायतका समस्याहरू सृजना हुने गरेको स्थानियको भनाई छ । बैजनाथ २ का वडा अध्यक्ष राजु रुचालले अमानतमा निश्चित व्यक्तिलाई खोला जिम्मा लगाउन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताए ।
सोही वडाका अध्यक्ष रहेका उनले वातावरणीय प्रभाव मूल्यांकन गरे नगरेको बारे आफु अनबिज्ञ रहेको समेत बताए । उनले मंगलबार कार्यपालिका बैठक रहेको जानकारी दिदै सो बाहेक अन्य कुनै जानकारी आफूलाई नभएको समेत बताए । उनले स्थानीय बासिन्दाहरूको माग समेत सम्बोधन हुनेगरि प्रक्रिया सम्वत् तवरले मात्रै ठेक्का लागाउनु पर्ने धारणा राखे ।
बैजनाथ ५ का वडा अध्यक्ष देब बहादुर रावतले पनि अमानतमा खोला जिम्मा लगाउन लागेको बारे आफू अनबिज्ञ रहेको बताए । उनले बिभिन्न व्यक्तिहरूबाट सो बारे आफूले जानकारी पाएको भएपनि पालिकाबाट सो बारे आधिकारिक जानकारी नआएको बताए । उनले प्रकृतिक श्रोत साधनको उचित सदुपयोग गर्नुपर्ने भएपनि कसैलाई अनुचित पाईदा लिने गरी काम गर्न नहुने धारणा राखे । अमानतमा ठेक्का दिदा ठेकेदार कम्पनीले ठुलो मात्रमा खोला दोहन गरि नदि जन्य पदार्थ उत्खनन गर्ने तर पालिकालाई न्यून आर्थिक फाइदा हुने भन्दै त्यसो गर्न नहुने बताए । अमानतमा ठेक्का दिन लागिएको विषयमा गाँउ पालिका अध्यक्ष संग बुझ्दा खोज्दा फोन उठिने ।
१८ बैशाख २०८०, सोमबार २२:०२ प्रकाशित