१६ बैशाख, नेपालगन्ज । प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताए । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश वार्षिक साधारणसभा गर्दै आएको बताउदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई सांगठनिक बनाउन आवश्यक रहेको उनले औल्याए ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि प्रेस चौतारी बाँकेलाई सांगठनिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने संगठनका पुर्व अध्यक्षहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल डाँगीले सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष ज्याउल मुस्ताफा कादरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा अग्रज पत्रकार गणेश जिसी, लियाकत अली,पूर्णलाल चुके, झलक गैरे, गोपी बुढा, सिर्जना आचार्य, अजय गुप्ता, जिएम यादव र बब्लु खनालाई सम्मान गरिएको थियो ।
आईतबार नेपालगन्जमा सम्पन्न भएको १५ औं साधारणसभाबाट ११ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरिएको छ ।
१७ बैशाख २०८०, आईतवार २०:४० प्रकाशित