१५ चैत्र २०८०, बिहीबार
सरसफाई अभियानमा सक्रिय बन्दै वडघर विप्र थारु
  • काँचुली खबर

वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त छन् । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्बन्धि गाउँपालिकाको आयोजनामा जी.एस.एफ. यू.एन. हबिटाटको सहयोग र आई.डि.एस. नेपालरमायुस बर्दियाको सहजीकरणमा सञ्चालित अभिवृद्धीमूलक तालिम लिने र अवलोकन भ्रमण गर्ने मौका पाए त्यस पछि अहिले (२०७४ चैत्र देखि) पूर्ण सरसफाई उन्मुख समुदाय बनाउन निरन्तर लागी परेका छन् ।
हरेक प्रकारको प्रगती र परिवर्तनका लागी स्वास्थ्य राम्रो हुनु आवश्यक रहेको र जुन केवल पूर्ण रुपमा सरसफाइ युक्त समुदाय तथा वातावरणमा भए मात्र सम्बन्ध हुने धारणा छ वडघर थारुको । आफुलाई पूर्णसरसफाइका सूचकहरु वारे मात्र नभई समुदायलाई यहाँको शीप र कला प्रयोग गरि डेकोरेटेड, सज्जि–सजावट सुन्दर र आर्कशक वनाउने वारे पनि थाहा भएकाले भ्रमणीय गाँउ वनेको र वाँकी ठाँउ बन्दै गरेको थारु बताउँछन् ।
विगत आठ वर्ष देखि गेरुवा गाउँपालीका वडा नं. २ उल्टनपुरका पाँच वटा समुदाय (वेलपुर, पश्चिमपुरदक्षिणपुर, विचपुर र भैरमपुर) मध्ये वेलपुरका वडघर तथा उल्टनपुरका सहायक वडघर भइ काम गरेका विप्र थारु यो वर्ष देखि मुख्य वडघर भएका छन् । करिव २४० घरधुरी भएको उल्टनपुरमा उनिसंगै समुदाय पिच्छे चार वडघर अर्थात उल्टनपुरका सहायक वडघरहरु पनि छन् जस्ले गर्दा समुदायमा वनेका सरसफाइ समितीको सल्लाहकारमा वसि अभियानलाई अगाडी वढाउन सफल भएका छन् ।


उल्टनपुरका पाँचवटा समुदाय मध्ये छोटो समयमा नै तीनवटा समुदाय पूर्ण सरसफाइउन्मुख भइसकेका र दुईवटा समुदायमा आधा भन्दा वढी काम सकीएको थारु बताउँछन् । हरेक दिन कुनै न कुनै समुदायमा पुग्ने र केही, सम्भव भए सवै घरधुरीमा समितीका पदाधिकारी तथा सहायक वडघरसँग सयुक्त रुपमा अनुगमन गरी, नतिजा माथि गहन छलफल गरी अगाडी वढ्ने तरिका सिकाउने साथै कार्य योजना वनाउन सहयोग गर्ने र निर्देशन गर्छन् । तत्पश्चातः मात्रै समुदायका अन्य कार्य÷विषयवस्तुमा व्यस्त रहने उनको दिनचर्या रहेको छ ।

तीन वर्ष पहिले तत्कालीन गा.वि.स. पाताभार खुल्ला दिसा मूक्त घोषणा भए पछि सरसफाइका लागी चर्पी मात्र भए सरसफाइ पुग्छ भन्ने लागेको बताउने थारुले पूर्ण सरसफाइको वारेमा वुझी सके पछि त सरसफाइमा आफुहरु धेरै पछाडी परेको महसुस भएको बताए ।
बनेका शौचालयहरु नै अशुरक्षित र सफा गर्ने र आवश्यक साधनको ज्ञानको अभाव भएको महशुस भयो त्यस्तै गरि सफा सावुनपानीले हात धुनु पर्ने अवस्था र चरण, सुरक्षित पानी तथा पानीका स्रोत र प्रयोग गर्ने भाडाहरुको सफाइको ज्ञानको कमी, छुट्टै तथा व्यवस्थित गोठ नभइ घर वरपर वाटोघाटोमा फोहर हुनेगरि वस्तुभाउ वाध्ने र घरवाट निस्केको जुनै प्रकारको फोहर पनि मन लाग्दो ठाँउमा फाल्ने, वच्चाको दिसा पनि कोयाले उठाइ वाटोमा फालिने हुन्थ्यो तर अहिले मुख्य वडघरको विशेष सक्रियतामा रहेको र सवै मिलेर यस अभियानमा होमिएको बताए । साथै २४० घरधुरी मध्ये ७० प्रतिशत अर्थात तीन वटा समुदाय तयार भइसकेको बताउँछन् सहायक वडघर बुद्धी थारु ।

  • ३१ असार २०७५, आईतवार १६:०६ प्रकाशित
  • Nabintech