१५ बैशाख २०८१, शनिबार
चाैतर्फि दबाबपछि नगरपालिकाले मेटायाे निजि प्रचार सामग्री
  • काँचुली खबर

१२ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिकले पानी ट्याङ्करमा लेखिएकाे प्रचार सामग्री मेटाएको छ ।

काेहलपुर नगरपालिकाद्वारा संचालित पानी ट्याक्टरमा नेपालगंजस्थित ताज इन्जिनियरिङ इण्डष्ट्रिजको प्रचार गरिएको थियो । उक्त विषयकाे चाैतर्फि आलाेचना भएपछि नगरपालिकाले प्रचार सामग्री मेटाएकाे हाे ।

कोहलपुर नगरपालिकाले यत्रतत्र रहेको विज्ञापन तथा होर्डिङ बोर्डहरुलाई व्यवस्थित गर्दै आएता पनि आफ्नो सवारी साधनमा निजि कम्पनिकाे विज्ञापन गर्दै आएकाे थियाे । संचारमाध्यममा समाचार प्रकाशित भएपछि नगरपालिकाले  बाध्य भएर प्रचार सामग्री मेटाएकाे सामाजिक अभियन्ता भुम भण्डारीले बताए ।

  • १२ बैशाख २०८०, मंगलवार १९:११ प्रकाशित
  • Nabintech