११ बैशाख २०८१, मंगलवार
पाँच किलो सुनका गहनासहित नेपालगन्जबाट दुई जना पक्राउ
  • काँचुली खबर

७ बैशाख, नेपालगन्ज । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरिएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सुनका गहना सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक समेत गरेको छ ।

सुनका विभिन्न गहनासहित पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी शन्तोष सिंह राठौरले जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको उनले जानकारी दिए ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा मंगलबार राती गहना सहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • ७ बैशाख २०८०, बिहीबार १५:११ प्रकाशित
  • Nabintech