उत्पीडित दलित समुदायलाई माओवादीमा लामवद्ध हुन पुर्वमन्त्री अथकको अपिल
  • काँचुली खबर

३ बैशाख, कोहलपुर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पुर्वमन्त्री महेश्वर गहतराज अथकले माओवादी पार्टीले मात्र दलित समुदायकालागि बिशेष अधिकारको सवाल अघि सारेको बताएका छन । माओवादी पार्टी मात्रै दलितमैत्री पार्टी भएको उल्लेख गर्दै अथकले सम्पुर्ण उत्पिडित दलित समुदायलाई आफ्नो अधिकारकालागि माओवादीमा लामवद्ध हुन अपिल समेत गरेका छन ।

आईतबार नेपालगंजमा भएको नेपाल दलित मुक्तिमोर्चाको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री अथकले दलित समुदाय ऐतिहासिक सर्वहारा र श्रमिक बर्ग भएकोले आफ्नो अधिकार प्रापतीकालागि निरन्तर बर्ग संघर्ष गर्नुपर्ने बताए । माओवादीकै कराण संविधानमा महिला, दलित लगायत उत्पिडित बर्गको अधिकार सुनिश्चित भएको उनको भनाई थियो ।

नेकपा माओवादीको भातृ संगठनका रुपमा रहेको नेपाल दलित मुक्तिमोर्चा बाँकेको जिल्ला भेलाले अमर बि.क. को संयोजकत्वमा ६६ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । उक्त समितिको सचिवमा नर बहादुर परियार चयन भएका छन । यही बैशाख महिना भित्र मोर्चाको प्रदेश र केन्द्रीय महाधिवेशन गर्नुपर्ने र त्यसकालगी वडा पालिका र जिल्लाका भेला सम्मेलन गरिसक्नुपर्ने संगठनको नीति भएकाले जिल्ला भेला गरिएको आयोजकले जनाएको छ ।

जिल्ला भेलामा बाँकेका सबै पालिकाबाट सहभागीको प्रतिनिधित्व रहेको सचिव नर बहादुर परियारले जानकारी गराए । जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स),नेपालगंज नगर अध्यक्ष रतन शाही, मोर्चाका केन्द्रीय सदस्य झुपा बि.क., दुर्गा बि.क., प्रदिप बि.क., कमला बि.क. लगायतले मोर्चालाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।

  • ३ बैशाख २०८०, आईतवार २१:०२ प्रकाशित
  • Nabintech