कोहलपुरका ब्यापारीहरु आन्दोलित, ब्याजदर घटाउनुपर्ने माग
  • पुष्पराज हमाल

२८ चैत्र, कोहलपुर । कोहलपुरका ब्यापारीहरुले स्वतस्फुर्त रुपमा मंगलबार कोहलपुर बजार बन्द गरेका छन । ब्यावसायिक हक हित संरक्षण समितिको अगुवाईमा बैंकको ब्याजदर घटाउनुपर्ने मागसहित सडकमा उत्रिएका ब्यापारीहरुले बजार बन्द गरेका हुन ।

बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय नै धरापमा परेको भन्दै समितीले आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनको क्रममा मंगलबार कोहलपुरमा संचालनमा रहेका बैंक तथा वित्तिय संस्थामा धर्ना समेत दिईएको समितीका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोली र पर्सी दुई दिन बैंक तथा वित्तिय संस्थामा धर्ना दिने कार्यक्रम रहेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तिन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको समितीले पहिलो दिन बिरोध र्याली सहित बजार बन्द गर्नुका साथै बैंक तथा वित्तिय संस्थामा धर्ना दिएको हो । बिगतमा अरुकालागि आन्दोलीत हुँदै आएका ब्यवसायीहरु पहिलो पटक आफ्नो हक हितकालागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै श्रेष्ठले आन्दोलनलाई बृहत्त बनाउँदै लैजानुपर्ने आवश्यकता महशुस भएको बताए ।

आन्दोलित ब्यवसायीहरुले मुख्यतया ९ वटा मागहरु सम्बोधन हुनुपर्ने बताएका छन । जसमा बैंकको व्याजदर एक अंकमा सिमित गरिनुपर्ने, आधार दर ४र५ प्रतिशत भन्दा बढि नहुने, हाल चलन चल्तीमा रहेका ५०० र १००० दरका नोट प्रतिबन्द लगाउनु पर्ने, लिलामीमा निस्कीएका व्यवसायीहरुको धितो लिलामी समयावधी थप गर्नुपर्ने, हाल किस्ता तिर्न नसकेका व्यवसायीहरुको समयावधि थप हुनुपर्ने, ऋणीको घरमा सुरक्षा गार्ड खटाउने जस्ता निन्दनिय कार्य तुरुन्त रोक्नुपर्ने, सहुलियत व्याजदरमा बैक कर्जा तुरुन्त प्रवाह गरिनुपर्ने, स्थानिय सरकारले लिएको घरबहाल करमा ५० प्रतिशत छुट गर्नुपर्ने, लघुवित्त र सहकारी सम्बन्धी स्पष्ट निति ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने र घरधनीहरुले हाल कायम भएको घर तथा सटर भाडा १५ देखि २० प्रतिशत छुट गर्नुपर्ने मागहरु रहेका छन् ।

  • २८ चैत्र २०७९, मंगलवार १७:०३ प्रकाशित
  • Nabintech