८ बैशाख २०८१, शनिबार
नयाँ वर्षको अवसरमा कोहलपुरमा साँस्कृतीक कार्यक्रम हुने
  • काँचुली खबर

२८ चैत्र, कोहलपुर । नयाँ वर्षको पूर्वसन्ध्यामा कोहलपुरमा साँस्कृतीक कार्यक्रम आयोजना हुने भएको छ । हिन्दु क्यालेण्डरको नयाँ वर्ष २०८० सालको पुर्वसन्ध्यामा स्थानिय दशबिगाह युवा क्लवको आयोजनामा बिहिबार कोहलपुर हवल्दारपुरमा स्थित ह्याप्पी वल्र्ड फन पार्कमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी पूरा भईसकेको आयोजकले जनाएको छ ।

अपरान्ह ६ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने साँगितिक कार्यक्रमको विशेष आकर्षणका रूपमा लोकप्रिय लोक गायिका प्रिती आले सहित स्थानिय यात्रा ब्याण्ड लगाएतका चर्चित नृत्याङ्गनाहरूको सांस्कृतिक प्रस्तुती रहने आयोजक क्लवका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिएका छन् । कार्यक्रम मार्फत मनोरञ्जन लिन चाहने स्थानिय दर्शक तथा अवलोकनकर्ताहरूको चाहना अनुरूप विभिन्न प्याकेजहरू लागू गरिएको आयोजक क्लवले जनाएको छ ।

सामान्य टिकट दर बाहेक रू. १ हजारको टिकटमा युगल जोडीलाई पेय पदार्थ सहित विशेष स्थानबाट कार्यक्रमको मनोरञ्जन लिन सकिने व्यवस्था मिलाईएको बताईएको छ । यस्तै रू. ५ हजारको टिकटमा साँस्कृतिक कार्यक्रम परिसरमा रहने विशिष्ठ स्थानबाट कार्यक्रम अवलोकन गर्न सकिने व्यवस्था मिलाईएको जनाईएको छ । योसंगै ५ हजारको टिकटमा पेय पदार्थ सहित बिशेष स्न्याक्स सहित स्वादिष्ट परिकारको स्वाद ग्रहण गर्न सकिने बताईएको छ ।

कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न प्रशासनसँग आवश्यक समन्वय भईसकेकाले नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजित विशेष सांगातिक कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्जन लिन नगरवासीलाई विशेष अनुरोध गरिएको क्लबका सल्लाहकार एवं संरक्षक बिरेन्द्र सिंहले जनाएका छन् ।

कार्यक्रम अवलोकन गर्न चाहने युवतीको हकमा मात्र निशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जानकारी गराएको छ ।

  • २८ चैत्र २०७९, मंगलवार १५:३८ प्रकाशित
  • Nabintech