२७ चैत्र, धनगढी । बाँकेको कोहलपुर रेसिङ साहारा क्लब कारबाहीमा परेको छ । कैलालीमा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप खेल्न त्यहाँ पुगेको क्लबले श्रम स्वीकृतिबिनाका तीन जना विदेशी खेलाडीलाई समावेश गर्न बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको हो ।
सोमबार खेल सुरु हुनुअघि रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार गरेको थियो । आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन । क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति बिनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गालीगलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवानासहित कारबाही गरिने क्लबको नियमावली अनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा-११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।
‘हामीले खेल सुचारु हुनुपूर्व कागजात माग गरेको थियौं,’ उनले भने, ‘तर उहाँहरू (कोहलपुर रेसिङ सहारा क्लब) को टिमले कागजात नचाहिने भन्दै जबर्जस्ती गर्न खोजेपछि टिम डिस्क्वालीफाइ भएको छ । आगामी संस्करणहरूमा खेल्न नपाउने गरी उक्त क्लबलाई ५० हजार जरिवाना पनि गरिएको छ ।’
मैदान छोडर गए लगत्तै अनधिकृत नम्बरको प्रयोग गरी अध्यक्ष कलेललाई गालीगलौज गरिएपछि आगामी संस्करणमा उक्त क्लबलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको आयोजकले जनाएको छ । यसअघि क्वाटर फाइनलमा एपीएफसँगको खेलमा उक्त क्लबले स्वदेशी खेलाडी मात्र समावेश गरेर सहभागिता जनाएको थियो ।
कान्तीपुरबाट
२७ चैत्र २०७९, सोमबार २२:२४ प्रकाशित