१३ बैशाख २०८१, बिहीबार
नेपालगन्ज विमानस्थलमा हवाई सुरक्षा मापदण्डको गम्भीर उल्लंघन
  • काँचुली खबर

२७ चैत, काठमाडौं । नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ ।

सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालका अनुसार यो आज बिहानको उडान हो ।

एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो ।

नेपालगन्ज सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन । तर, आज ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भिड लागेको देखिएको छ । ‘यो नहुनु पर्ने थियो,’ विमानस्थल प्रमुख खनाल भन्छन्, यसलाई व्यवस्थित गर्ने जिम्मा नेपाल प्रहरीको हो ।’

  • २७ चैत्र २०७९, सोमबार १३:१२ प्रकाशित
  • Nabintech