हवाई भाडादर घट्यो, कुन रुटमा कति ? (विवरणसहित)
  • काँचुली खबर

२१ चैत, काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपौयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट नेपालगञ्जकालागि ३२५ र भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ ।

यो भाडादर २२ चैतदेखि लागु हुनेछ ।

कुन रुटको भाडादर कती ?

  • २१ चैत्र २०७९, मंगलवार १९:१३ प्रकाशित
  • Nabintech