स्थानिय तहलाई संचारमैत्री बनाउनुपर्नेमा जोड
  • काँचुली खबर

२१ चैत्र, नेपालगन्ज । बाँकेका संचारकर्मीहरुले स्थानिय तहलाई संचारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन । सोमबार पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी संचारकर्मीहरुले मिडियामैत्री सञ्चार नीति निर्माणसँगै कार्यान्वयन गर्नुपर्ने बताएका हुन ।

पछिल्लो समय स्थानिय तह र पत्रकारबिच आपसी समन्वयको अभावमा अन्तरद्धन्द्ध बढ्दै गएको भन्दै सहभागीहरुले संचार निति निर्माणकालागि स्थानिय तहसँग समन्वय गर्न महासंघलाई आग्रह गरेका छन । संचार नितिको अभावमा कतिपय स्थानिय तहले संचार क्षेत्र लक्षित कार्यक्रम तथा बजेटमा मनोमानी गरेको भन्दै त्यसको नियमनकालागि संचार निति अपरीहार्य रहेको जिकिर गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा सहभागी जिल्लाका विभिन्न सञ्चार माध्यमका सम्पादक, कार्यरत पत्रकार तथा पत्रकारका अगुवाले संचार माध्यमको बिकाससँगै विश्वसनियता र ब्यवसायीक पत्रकारीतामा समेत चुनौती थपिएकाले ब्यवसायीक पत्रकारितासँगै स्वस्थ प्रतिस्प्रर्धा अपिहार्य रहेको औल्याएका थिए ।

कार्यक्रममा उपस्थिति सहभागीले जिल्लामा रहेका स्थानीय निकायले संचारगृहका लागि बजेट विनियोजन गरेता पनि उक्त रकम जिल्ला बाहिरका संचारगृहले लैजाने तथा नितिगत रुपमै दुरुपयोग हुनेक्रम बढेकोप्रति सचेत हुनुपर्नेमा समेत जोड दिएका थिए । संचार क्षेत्रका लागि छुट्याएको बजेट जिल्लाका मिडियाहरुमा खर्च हुनुपर्ने र स्थानिय मिडियालाई प्राथमिकता दिन पत्रकार महासंघको नेतृत्वमा पालिकासँग समन्वय र सहकार्य गरिनुपर्नेको निश्कर्ष निकालिएको थियो ।

बैठकमा अध्यक्ष भण्डारीले पछिल्लो समय देखिएका समस्या समाधानकालागि बाँकेका आठ वटै पालिकासँग समन्वय गरेर अघि बढिने बताए । साथै छिट्टै बाँकेका सबै पालिका प्रमुखसँग संचार निति तथा संचारसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहने गरी बृहत्त छलफल गर्ने तयारी समेत गरीएको उनले जानकारी दिए ।

कार्यक्रममा महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, महासंघ बाँके पूर्वअध्यक्ष निरज गौतम, महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, पत्रकार तुला अधिकारी, गोपिन्द्र बुढा, कमल खत्री, गणेश बिसु, रामु ओली लगाएतले आ-आफ्नो धारणा राखेका थिए ।

  • २१ चैत्र २०७९, मंगलवार १३:४७ प्रकाशित
  • Nabintech