१४ बैशाख २०८१, शुक्रबार
मैत्रीपूर्ण फुटसल सम्पन्न
  • काँचुली खबर

‘जित वा हार, मित्रवत् व्यवहार’ भन्ने मूल नाराका साथ वेलकम एड्भरटाइजिङले रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसल आयोजना गरेको छ ।

विश्वकप फुटबल प्रत्येक चार वर्षमा संसारका विभिन्न देशलाई एकै ठाउँमा जुटाएर खेल्ने गरिन्छ । यो खेल अवधिभर संसारभरि एउटा पर्वको महसुस हुन्छ । यही पर्वलाई ध्यानमा राखेर वेलकम एड्भरटाइजिङले नेपालका कर्पोरेट हाउसहरूलाई एकै मैदानमा जुटाएर मित्रता एवं सद्भाव आदानप्रदान गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको होे ।

यस प्रतियोगितामा आयोजक वेलकम एड्भरटाइजिङलगायत जेसिबी, जगदम्बा स्टिल, सिप्रदी ९कमर्सियल भेइकल बिजनेस युनिट० सिप्रदी ९प्यासेन्जर भेइकल बिजनेस युनिट० र सिप्रदी म्याक लुब्रिकेन्टको सहभागिता रहेको थियो । उक्त खेलपछि भव्य समारोहबीच प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

समारोहमा वेलकम एडका अध्यक्ष निर्मलराज पौडेलले यस्ता खेलहरूले कर्मचारीमा उत्साह र उमंग बढाउन मद्दत गर्नुका साथै अत्मबलसमेत बढाउने बताए । उनले आगामी दिनमा पनि कर्पोरेट हाउसलाई ध्यानमा राखेर यस्ता कार्यक्रम आयोजना गर्दै जाने जानकारी दिए ।

  • ३१ असार २०७५, आईतवार १३:५० प्रकाशित
  • Nabintech