१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा अटोरिक्साको भाडादर कायम (भाडादरसहित)
  • काँचुली खबर

१७ चैत्र, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका करिब २५ सय भन्दा बढि अटोरिक्सालाई ३ रुटमा वर्गिकरण गर्दै कोहलपुर चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरीएको हो ।

कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७९ निर्माण गरेको जनाएको छ । सोही कार्यविधि अटोरिक्साहरुको भाडादर कायम गरीएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकामा उपप्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको बैठकमा भएको छलफलबाट कार्यविधि अनुसार नै भाडादर कायम हुने गरी अटोरिक्साहरु सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले तोकिएभन्दा बढि भाडा लिएको पाइएमा दफा २, ३, ४, ७, ८, १०, ११, १३, १४, १५, १६, १७, १८, १९, २१, २३, २४, २६, २७ र २९ बमोजिम कारवाही हुने बताए । उनका अुनसार जिल्ला ट्राफिकलाई जरिवानाबाट प्राप्त हुने रकम दिइनेछ भने उत्कृष्ट चालकलाई पुरस्कृत समेत गरीनेछ ।

नगरपालिकाभित्र सञ्चालन हुने सबै अटोरिक्साहरुमा स्टिकर समेत लगाउनुपर्ने ढकालले बताए ।

रुट र भाडादर कामय भएको स्थानहरु:

  • १७ चैत्र २०७९, शुक्रबार १५:५६ प्रकाशित
  • Nabintech