८ बैशाख २०८१, शनिबार
पहिलो पटक जिल्ला सम्मेलन गर्दै बाँके काँग्रेस
  • काँचुली खबर

१७ चैत्र, नेपालगन्ज । नेपाली कांँग्रेस बाँकेले पहिलो पटक जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । बाँके काँग्रेसको इतिहासमा पहिलो पटक यसरी गर्न लागिएको जिल्ला सम्मेलनको पार्टी महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका बारेमा जानकारी दिन बिहिबार पत्रकार सम्मेलन गरीएको थियो । भोलि शनिवार पहिलो जिल्ला सम्मेलन आयोजना गर्ने तयारी गरीएको नेपाली काँग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए ।

‘पार्टी विधान अनुसार वर्षेनी गरिनुपर्ने सम्मेलन अहिलेसम्म हुन सकेको रहेनछ सभापति गौडेलले भने, ‘पार्टी चलायमान राखिरहन यसको ठुलो महत्व छ ।’

१ हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनले सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण र त्यसमा छलफल बहस गर्ने गौडेलले जानकारी दिए ।

सभापति गौडेलका अनुसार सम्मेलनमा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेहरुलाई सम्मान पनि गरिनेछ ।

  • १७ चैत्र २०७९, शुक्रबार ०९:२५ प्रकाशित
  • Nabintech