१७ चैत, नेपालगन्ज । संचार क्षेत्रमा स्थापित हुँदै गएका नयाँ माध्यमहरुलाई अबसरका रुपमा उपयोग गर्नुपर्नेमा बाँकेका पत्रकाहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा नेपालगन्जमा आयोजित “पत्रकारीतामा ‘नयाँ माध्यम’का अबसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संचारका नयाँ माध्यमलाई अबसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका हुन ।
नेपाल पत्रकार महासंघ बाँके शाखाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदीलले नयाँ मिडियाका बारेमा प्रस्तुतिकरण दिंदै चुनौतीसँगै समाचारको स्रोत उल्लेख नगरी हुबहु नक्कल गर्ने प्रबृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले सञ्चार संस्थाको कामलाई खेलाची र रहरका रुपमा लिन नहुने बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसै महासंघ बाँकेका पूर्व अध्यक्षद्धय नीरज गौतम र झलक गैरे, पत्रकार शंकर खनाल, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, जिल्ला अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार अछरी पोखरेल, विरेन्द्र जैसी, कृष्ण अधिकारी लगाएतले मर्यादित पत्रकारितामा जोड दिएका थिए । सबैखाले संञ्चार माध्यमलाई व्यवस्थित गरेर मात्र अवसर र चुनौतिका सन्दर्भमा बहस गर्न सकिने धारणा राख्दै वक्ताहरुले महासंघले नयाँ मिडियाको चुनौती र अवसरका बारेमा प्रशिक्षण समेत संचालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमसँगै महासंघको स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो ।
१७ चैत्र २०७९, शुक्रबार ०८:५९ प्रकाशित