मापदण्ड बिपरीत पाइएपछि कोहलपुरको बेलनपुर बधशाला बन्द
  • काँचुली खबर

१६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैसी काट्ने गरेको र अर्का एकजनाले अनुमति लिएपनि मापदण्दको पालना नगरेको पाइएपछि बधशाशला तत्कालका लागि स्थगीत गरिएको थापाले बताए । कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगररपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्मका भेटनरी निरीक्षक डा शंकर न्यौपाने लगायतको टोलीले बधशालाको अनुगमन गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

स्थानीयबासीले पनि ती बधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । रांगाभैसी काट्ने ठाउँको उचित सरसफाई नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ । पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु बधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेरमात्रै पशुबध शाला संचालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डा. न्यौपानेले बताए ।

  • १६ चैत्र २०७९, बिहीबार ०८:१९ प्रकाशित
  • Nabintech