१४ बैशाख २०८१, शुक्रबार
भेरी अस्पतालले पायो एमडी/एमएस पढाउन अनुमति
  • काँचुली खबर

१५ चैत्र, नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएको छ ।

योसँगै अब भेरी अस्पतालमा एमडीरएमएसको पढाई हुने भएको छ । संघीय अस्पताल भएपनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन पाएका थिएनन् । वीर अस्पतालमा एमडी/एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भएपनि अध्ययन भने उनीहरुले भेरी अस्पतालमा गर्ने छन् ।

भेरी अस्पतालको मातहतमा उनीहरुले एमडीरएमएसको अध्ययन पूरा गर्नेछन् । योसँगै भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजन पाण्डेले जानकारी दिए ।

‘एमबीबीएस डाक्टरले बिरामीको हेरचाह गर्ने ठाउँमा अव एमडीकै डाक्टर बस्ने भएपछि स्वभाविकरुपमा बिरामीले गुणस्तरीय सेवा पाउने नै भए’, डा. पाण्डेले भने, ‘योसँगै शैक्षिक गतिविधि र अनुसन्धानका गतिविधिहरु पनि पढ्ने छन् ।’

सरकारले भेरी अस्पतालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत गरेपछि अस्पतालका मेसु डा. बद्री चापागाईले अस्पतालबाट बिरामीले पाउने सेवामा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे ।

‘एमडी/एमएस अध्ययन गर्नेहरु बनिसकेका डाक्टर नै हुन् उनले भने, ‘बनिसकेका डाक्टरहरुले प्रदान गर्ने सेवा गुणस्तरीय र स्तरीय नै हुन्छ ।’ न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि संचालनका लागि गएको फागुन २२ गते भेरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाईएको डा चापागाईले जानकारी दिए ।

त्यसको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि संचालनका लागि भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई स्वीकृति दिएको हो । भेरी अस्पतालमा बिचमा केही समय केही बिषयहरुमा एमडी/एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिएपनि त्यो नियमित हुन सकेको थिएन् ।

भेरी अस्पतालले आफ्नो सेवा प्रवाहलाई गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ । पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको जनाएको छ ।

स्वाथ्यपेजबाट

  • १५ चैत्र २०७९, बुधबार १२:१९ प्रकाशित
  • Nabintech