८ बैशाख २०८१, शनिबार
अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके अध्यक्षमा साई
  • काँचुली खबर

१२ चैत्र, काेहलपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा हजरत अलि साई चएन भएका छन । नेपालगंजमा सम्पन्न चौथो सम्मेलनले साईको अध्यक्षमा नयाँ कमिटी गठन गरेको हो । सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले माओवादी आन्दोलनको जग नै मजदुर आन्दोलन भएको बताए ।

उनले नेपालमा मजदुरहरुको अधिकारका लागी आफ्नो पाटी लागी रहेको समेत बताए । न्युनतम पारिश्रमिक निर्धारण , करार र ज्यालादारिका काम गर्नेहरुको सेवा सुबिधा बृद्धि , समाजिक सुरक्षा योजना लगायतका कार्यक्रमहरु आफ्नो पार्टीको पहलमा भएको समेत बताए ।

कार्यक्रमा मजदुर नेता बसन्त मल्ल लगायतका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

२ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियान प्रभावकारी बनाईदै 

पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि माओवादी केन्द्रले सञ्चालन गरेको २ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियान बाँकेमा प्रभावकारी देखिएको छ ।

जिल्लाको आठवटै स्थानीय तह स्थित गाउँवस्तीमा माओवादी केन्द्रका प्रतिनिधिहरू खटिएका छन् । यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँबस्ती घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले बताए ।

२ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियानका लागि बाँकेमा केन्द्र प्रदेश तथा जिल्लाका जिम्मेवार नेताहरू खटिएको माओवादी केन्द्र बाँकेका सचिव दिल्ली प्रसाद बरालले जानकारी दिए । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाँउपालिका, जानकी गाउँपालिका बैठकहरु बसि अभियान लाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने तयारी भईरहेको छ । पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भूमिका खेल्ने माओवादी केन्द्रको विश्वास छ ।

अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरूमा स्थानीयहरूले पार्टीका नेता कार्यकर्तालाई नियमित रूपमा जनतासँग सम्पर्कमा रहन सुझाव दिने गरेको माओवादी केन्द्र बाँकेका सचिव दिल्ली प्रसाद बरालले बताए ।

पार्टी सदस्यता नवीकरण, विस्तार तथा टोल कमिटीलाई चलायमान बनाउनका लागि अभियान बढी केन्द्रित रहेको जनाएको छ । जनस्तरमा प्रभावकारी देखिएको यो अभियान मार्फत समाजमा राम्रो सम्भावना भएका युवाहरू र सम्भावनायुक्त अन्य व्यक्तिहरूलाई पनि पार्टीमा सामेल हुन प्रेरित गर्ने गरेको जिल्ला सचिव बरालले जानकारी दिए ।

  • १२ चैत्र २०७९, आईतवार ०८:४५ प्रकाशित
  • Nabintech