बिहिबार राती राप्तीसोनारीमा दुई सहकारीमा चोरी
  • काँचुली खबर

१० चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरका दुई सहकारीमा चोरी भएको छ । बिहिबार राति भुवर भवानी बहुउद्धेश्यीय कृषक सहकारी संस्था र वन तथा वातावरण संरक्षण बहुउद्धेश्यी सहकारी संस्थामा चोरी भएको हो ।

भुवर भवानी बहुउद्धेश्यीय कृषक सहकारी संस्थाको २ लाख १६ हजार ४८७ रुपयौ चोरी भएको संस्थाका अध्यक्ष दिलप कुमार डाँगीले बताए ।

त्यसैगरी वन तथा वातावरण संरक्षण बहुउद्धेश्यीय सहकारीको ६२ हजार २ सय २५ चोरी भएको संस्थाका व्यवस्थापक बसन्त कुमार रावतले जानकारी दिए ।

एउटै घरमा रहेका ति दुबै सहकारीको ढोकाको ताला फोडेर चोरी भएको र घटनाबारे अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार प्रविन डाँगीले जानकारी दिए ।

  • १० चैत्र २०७९, शुक्रबार १३:२५ प्रकाशित
  • Nabintech