कोहलपुरमा प्रदेशस्तरीय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक तालिम सम्पन्न
  • काँचुली खबर

९ चैत्र, कोहलपुर ।  बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको केन्द्रिय क्रार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका तेक्वान्दो डोजाङ्ग प्रमुखलाई यक्रुप्ता र परिक्षा कसरी लिने भन्ने विषयमा तेक्वान्दो ग्रेडिंग प्रशिक्षक टेष्ट तालिम प्रदान गरिएको हो ।

तालिममा नवलपरासीबाट १२, रुपन्देहीबाट ११, रोल्पाबाट ४, प्युठानबाट १, दाङबाट २१, बर्दियाबाट ४ र बाँके जिल्लाबाट ११ जना तेक्वान्दो सिनियर र जुनियर डोजाङ्ग प्रमुखहरुको सहभागिता रहेको नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिए ।

तालिमका प्रमुख प्रशिक्षक टारजन शुब्बा, कबिराज खड्की र भिम बहादुर बिक रहेका थिए । नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले तालिममा सहभागी प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

  • ९ चैत्र २०७९, बिहीबार १७:१३ प्रकाशित
  • Nabintech