६ चैत्र, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ५ मा घरेलु हतियारको प्रहारबाट गम्भिर घाईते भएका काशिराम यादवका आफन्तले मुद्धा दर्ता माग सहित ईलाका प्रहरी कार्यालय कोहलपुरमा धर्ना दिएका छन । राजनैतिक दवावका कारण आफुहरुको जाहेरी ईलाका प्रहरी कार्यालयले दर्ता नगरिदिएको भन्दै सोमबार ठुलो सँख्यामा उपस्थित स्थानियले ईलाका प्रहरी कार्यालय कोहलपुरको मुल गेटमा धर्ना दिएका हुन ।
बैजनाथ ५ गुरुवा गाँउमा शनिबार भएको झगडामा बिभिन्न घरेलु हतियार प्रहारबाट घाईते भएका सोहि ठाउ निवासी राम निवासका छोरा काशिराम यादव सख्त घाईते भएका छन । घाईते यादवको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भईरहेको छ भने सोहि झगडामा काशिरामका ८ वर्षिय छोरा मुकेश यादवको ढाड भाँचिएको छ । उनका बाबु राम निवास समेत घाईते भएको स्थानियहरुले पत्रकारहरुसँगको भेटघाटमा बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सप्पल, खुर्पा लगाएत हातहतियारले जस्लाई देखे नि हिर्काउदै हिडेका अयोध्या प्रसाद यादवका छोरा राम किशोर यादबलाई मुद्धा चलाउन भन्दै आईतबार देखि पिडित पक्षहरु ईलाका प्रहरी कार्यालय कोहलपुर आए पनि मुद्धा दर्ता हुन सकेको छैन । किन मुद्धा दर्ता गर्न ईन्कार गरिएको हो भन्ने प्रश्नमा प्रहरीसँग चित्त बुझ्दो जवाफ नपाएको पिडितहरुको भनाई छ ।
केहि वर्ष अघि अयोध्या प्रसाद यादवकी छोरीसँग काशिराम प्रेम सम्बन्धमा रहेको बताईन्छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले आईतबार छिटो मुद्धा लेखेर ल्याउन आग्रह गरेको र पछि मुद्धा दर्ता नगर्न र दर्ता गरे पछि कतिपय मानिसहरुको नाम हटाउन आग्रह गरेको स्थानिय सरापु चौधरीले बताए । प्रहरीले जाहेरी दर्ता गरेर निष्पक्ष तवरबाट अनुसन्धान गर्नुपर्नेमा जाहेर दर्ता नगर्नु राजनैतिक दवाव हुन सक्ने उनको भनाई छ ।
घटनाको विषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीसँग सम्पर्क हुन सकेन ।
६ चैत्र २०७९, सोमबार १५:४० प्रकाशित