६ चैत्र २०८०, मंगलवार
बाँकेको जन सिद्धेश्वर क्याम्पसमा गठबन्धनका उम्मेदवार विजयी
  • काँचुली खबर

६ चैत्र, कोहलपुर । बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गठबन्धन विजयी भएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नागरिक विद्यार्थी समाजको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी नेविसंघकी निरु चौधरी ८० मत ल्याएर अध्यक्षमा विजयी भएकी हुन । चार वटा संगठन बिरुद्ध एक्लै चुनावी मैदानमा होमिएका अखिल (क्रान्तिकारी)का इन्द्रबहादुर थारुले कुल २०३ मत खसेकोमा ५८ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धिराम थारुले ४४ र अनेरास्ववियुका हस्तबहादुर घर्ती मगरले १४ मत प्राप्त गरे ।

सचिवमा नागरिक विद्यार्थी समाजका गंगाराम थारु ७५ मत प्राप्त गर्दै विजयी भएका छन। कोषाध्यक्षमा अनेरास्ववियुका रमेशबहादुर थारु ७५ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सदस्यमा नेविसंघका कौशल बर्मा, ओमप्रकाश धोवी, अनामिका मौर्य, विपना घर्ती मगर र नागरिक विद्यार्थी समाजका विश्राम थारु विजयी भएका छन।

  • ६ चैत्र २०७९, सोमबार ०९:३८ प्रकाशित
  • Nabintech