कोहलपुरमा ७ लाख राशीको गोल्डकप हुँदै, खेलतालिका सार्वजनिक
  • काँचुली खबर

३० फागुन, कोहलपुर । बाँकेमा अहिलेसम्मकै ठुलो राशीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत्र ४ गते देखि ११ सम्म बाँकेको कोहलपुरमा ‘प्रथम कोहलपुर गोल्डकप-२०७९’ सन्चालन हुने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेल तालिका, मिति र पुरस्कार राशी सार्वजनिक गरीएको हो । कोहलपुर नगरपालिका वडा नं. २ स्थित तेह्र बिगाघामा रहेको खुल्ला मैदानमा गोल्डकप हुन लागेको हो । गोल्डकप संचालनकालागि ८० लाख बढी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि कोहलपुर नगरपालिकाले १० लाख सहयोग गरेको कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका आचार्यले गोल्डकप सञ्चालनको दौरानमा अझै केही समस्या परिआएको खण्डमा रकम थप गर्न सकिने समेत बताए ।

कोहलपुरमा खेलकुदको बिकासको लागि कोहलपुर नगरपालिका सदैव सकरात्मक रहेको र खेलकुदको विकासमा नगरपालिका कहिले पछि नहट्ने प्रमुख आचार्यले बताए ।

नेपाल, भारत र क्यामरुनका जम्मा ८ वटा टिमको सहभागिता रहने गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ । साथै गोल्डकपमा सहभागी हुने सबै टिमलाई १ लाख २० हजार प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।

  • ३० फाल्गुन २०७९, मंगलवार २१:१९ प्रकाशित
  • Nabintech