२१ फागुन, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेको पुर्ण बैठक नेपालगंजमा सुरु भएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, माओवादी केन्द्रका स्थाई समिती सदस्यद्धय महेश्वर जंग गहतराज अथक, पुर्णा कुमारी सुबेदी, माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल लगायत नेताहरुको सहभागीता रहेको जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बैठकमा पार्टीले तय गरेको दुई महिने संगठन सुद्धिढिकरण अभियानको जिल्लाको योजना, बिभिन्न बिभागहरु गठन, भौगोलिक कार्य बिभाजन लगायतका निर्णय गरिने जिल्ला सचिव डिल्ली बरालले जानकारी दिए । संघ तथा प्रदेश सभा निर्वाचन पछि पहिलो पटक बस्न लागेको बैठकमा निर्वाचनको समिक्षा समेत गरिने एक नेताले जानकारी दिए ।
सरकारको नेतृत्व गरि रहेको माओवादीको बैठकले बाँकेको समग्र बिकासका योजना तयार गरि त्यसकालागी ठोस पहल समेत गरिने जिल्ला अध्यक्ष जेम्सले बताए ।
२१ फाल्गुन २०७९, आईतवार १४:२४ प्रकाशित