७ बैशाख २०८१, शुक्रबार
लक्ष्मण आचार्यको नेतृत्वमा स्ववियू निर्वाचन लड्दै अखिल (क्रान्तिकारी)
  • काँचुली खबर

२१ फागुन, कोहलपुर । आगामी चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा लक्ष्मण आचार्यले उम्मेदवारी दिने भएका छन । अखिल (क्रान्तिकारी) आवद्ध आचार्यले कोहलपुरस्थित वागेश्वरी क्याम्पस कोहलपुरको सभापती पदमा संगठनको नेतृत्व गर्दै स्ववियु निर्वाचनमा उम्मेदवारी दिने भएका हुन ।

बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्धालयको आङ्गिक क्याम्पस हो ।

त्यसैगरी सचिवमा दिपेन्द्र शाही र कोषाध्यक्षमा शान्ती बि.क.ले उम्मेदवारी दिने तय भएको छ । सदस्यहरुमा सुर्य तिवारी, शान्ति सुनार, प्रेम शाही, उषा नाथ योगि र बिरेन्द्र बिसिलाई उम्मेदवार बनाउने निर्णय भएको अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

शनिबार अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनकालागि उम्मेदवार टुङ्गाएको हो । बागेश्वरीमा स्ववियू निर्वाचनकालागि आठ विद्यार्थी संगठन दर्ता भएका छन् ।

  • २१ फाल्गुन २०७९, आईतवार ०८:२५ प्रकाशित
  • Nabintech