२६ बैशाख २०८१, बुधबार
स्ववियु निर्वाचनकालागि अखिल (क्रान्तिकारी) ले टुङ्गायो उम्मेदवार
  • काँचुली खबर

२० फागुन, कोहलपुर । चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल (क्रान्तिकारी) ले उम्मेदवार टुङ्गाएको छ । शनिबार क्याम्पसमा भएको भेलाले आगामी निर्वाचनकालागि उम्मेदवार टुङ्गाएको हो ।

मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको बागेश्वरी कमिटीको सभापतीमा अखिल (क्रान्तिकारी) को तर्फबाट स्ववियुको सभापतीमा लक्ष्मण आचार्यले उम्मेदवारी दिने भएका छन । त्यसैगरी सचिवमा दिपेन्द्र शाही र कोषाध्यक्षमा शान्ती बि.क.ले उम्मेदवारी दिने तय भएको छ । सदस्यहरुमा सुर्य तिवारी, शान्ति सुनार, प्रेम शाही, उषा नाथ योगि र बिरेन्द्र बिसिलाई उम्मेदवार बनाउने निर्णय भएको अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

  • २० फाल्गुन २०७९, शनिबार १७:२८ प्रकाशित
  • Nabintech