१४ बैशाख २०८१, शुक्रबार
खजुराको प्रमुख प्रशासकीय अधिकृतमा सुवेदी
  • काँचुली खबर

१९ फागुन, खजुरा (बाँके)। बाँकेको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अर्जुन सुवेदीले पाएका छन । हालै सरुवा भएर खजुरा आएका सुवेदीलाई खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्लले स्वागत गरेका छन ।

यस अघि खजुरामा कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्याय सुचना तथा संचार मन्त्रालयमा सरुवा भई गएपछि सुवेदी खजुरा आएका हुन । सुवेदीलाई स्वागत गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष विकले समग्र खजुराको विकास गर्ने सवालमा सकारात्मक भई कार्य सम्पादन गर्नेमा विश्वस्त रहेको बताए । सुवेदी यसअघि राजापुर नगरपालिका बर्दियाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १३:४४ प्रकाशित
  • Nabintech