१२ बैशाख २०८१, बुधबार
कोहलपुर १० मा ऐलानी जग्गाको नापी कार्य सुरु
  • काँचुली खबर

१६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा ऐलानी जग्गाको नापी कार्य सुरु भएको छ । सोमबारदेखि एकतानगरदेखि ऐलानी जग्गाको नापी कार्य सुरु भएको हो ।

कोहलपुर वडा नं. १० का वडा सदस्य भिम पौडेलका अनुसार निस्साका आधारमा ऐलानी जग्गाको नापी सुरु भएको हो । केही महिनापछि लालपुर्जा वितरणको काम हुने सदस्य पौडेलले बताए ।

कोहलपुर गरपािलका अन्तर्गतका विभिन्न वडामा जग्गा नापी कार्य सुरु भएसँगै १० नं. वडामा समेत उक्त अभियान सुरु गरीएको हो । नापी कार्यालयका कर्मचारी र जनप्रतिनिधि तथा वडाबासीहरुको सहभागीतामा नापी कार्य सुरु गरीएको पौडेलले जानकारी दिए ।

  • १६ फाल्गुन २०७९, मंगलवार २३:०१ प्रकाशित
  • Nabintech