१० फागुन, कोहलपुर । भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौंसम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएका ७ जना साइकल यात्री आज कोहलपुर आइपुगेका छन् । कोहलपुर आइपुगेका दुई अफिसियल सहित ९ जनाको टिमलाई बाँकेको कोहलपुरमा नेपालगन्ज साइक्लिङ क्लबले स्वागत गरेको छ ।
दुई देश बीचको आपसी भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्य सहित नेपाल भ्रमणमा निस्केको टोलि नेपाल प्रवेश गरेको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सो अवसरमा बोल्दै भ्रमणको आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए ।
आयोजक टिमका जसप्रीत सिँहका अनुसार यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्य एम्बेसडरका रूपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, आसिफ मल्वासी, रबिन्दर कुमार सिँह छन् ।
२० फेब्रुअरीमा दिल्ली स्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेब्रुअरीमा नेपालको राजधानी काठमाण्डौं पुगेर सम्पन्न हुनेछ ।
१० फाल्गुन २०७९, बुधबार १६:४२ प्रकाशित