आज प्रदेश दिवस, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
  • काँचुली खबर

३ फागुन, काेहलपुर । लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

  • ३ फाल्गुन २०७९, बुधबार १०:१७ प्रकाशित
  • Nabintech