१५ बैशाख २०८१, शनिबार
जनयुद्ध दिवसकाे अवसरमा ४० प्वाइन्ट रगत संकलन
  • काँचुली खबर

२ फागुन, काेहलपुर । २८औं जनयुद्ध दिवसको अवसरमा कोहलपुरमा ४० प्वाइन्ट रगत संकलन भएको छ । सोमबार नेपाल कम्प्यूनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन भएको हो ।

जनयुद्ध दिवसकाे अवसरमा रक्तदान कार्यक्रमसँगसँगै शुभकामना आदान-प्रदान कार्यक्रम समेत गरिएको थियो । शुभकामना आदान-प्रदान कार्यक्रममा केन्द्रिय कमिटि सदस्य नरेन्द्र न्यौपानेको प्रमुख अतिथि तथा कोहलपुर नगर कमिटि अध्यक्ष अवराज खड्काको अध्यक्षतामा शुभकामना कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्रि महेश्वर गहतराज (अथक), लुम्बिनी प्रदेशकी सूचना तथा सञ्चार मन्त्री कृष्ण केसी (नमूना), नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटि सदस्य दामोदर अधिकारी (सम्भव), नगर कमिटिका उपाध्यक्ष बल बहादुर खड्का (अविरल), शिव सुनार, दशरथ पराजुजी, तुराज विष्ट (विहानी) लगायतले शुभकामना दिएका थिए ।

  • २ फाल्गुन २०७९, मंगलवार ०८:२३ प्रकाशित
  • Nabintech