१३ बैशाख २०८१, बिहीबार
धिताललाई क्रान्तिकारी पत्रकारीता पुरस्कार, ६ जना पत्रकार सम्मानित
  • काँचुली खबर

१ फागुन, नेपलागन्ज । प्रेस सेन्टर नेपाल बाँके शाखाका निवर्तमान अध्यक्ष डक्ट प्रसाद धिताल “क्रान्तिकारी पत्रकारीता पुरस्कार” बाट पुस्कृत भएका छन । प्रेस सेन्टर बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनमा धिताललाई पुरस्कृत गरीएको हो ।

प्रेस सेन्टर नेपाल बाँके शाखाले हरेक जिल्लामा क्रियाशिल अग्रज पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आईरहेको छ ।

संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमूना र प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगलले संयुक्त धिताललाई जनही रु. ५०० राशीको उक्त पुरस्कार प्रदान गरेका थिए ।

साधारणसभा तथा विशेष अधिवेशनमा पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई सम्मान पत्रले सम्मानित गरीएको थियो ।

  • १ फाल्गुन २०७९, सोमबार १२:१९ प्रकाशित
  • Nabintech