१२ बैशाख २०८१, बुधबार
खान र शाहीलाई ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार’
  • काँचुली खबर

१ फागुन, नेपलागन्ज । प्रेस सेन्टर नेपाल बाँके शाखाले हरेक वर्ष प्रदान गर्दै आएको “बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार” बाट दुई जना पत्रकार पुरस्कृत भएका छन । आईतबार नेपालगन्जमा सम्पन्न प्रेस सेन्टरको साधराणसभा तथा विशेष अधिवेशनमा पत्रकाद्धवय आलम खान र कल्पना शाही पुरस्कृत भएका हुन ।

संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमूना) र प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगलले संयुक्त रुपमा खान र शाहीलाई पुरस्कृत गरेका थिए ।

दुबै पुरस्कारको राशी जनही पाँच हजार रुपैैयाँ रहेको छ ।

  • १ फाल्गुन २०७९, सोमबार १२:०७ प्रकाशित
  • Nabintech