चौथो प्रादेशिक महोत्सव : डान्स प्रतियोगिताको अन्तिम नतिजा विवादमा आयोजकको गम्भीर ध्यानाकर्षण
  • काँचुली खबर

२८ माघ, नेपालगन्ज । नेपालगञ्जमा सञ्चालित चौथो प्रादेशिक महोत्समा गराईएको डान्स प्रतियोगिताको विवादबारे आयोजकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माघ १० देखि २८ गते सम्म सञ्चलित चौथो प्रादेशिक औद्योगीक लघु घरेलु तथा कृषि प्रविधि ब्यापार एवं पर्यटन महोत्सवमा गराईएको डान्स प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा भएको घटनाबारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक संस्था घरेलु तथा साना उद्योग महासंघ बाँकेका सचिव जिआर भुसालले डान्स प्रतियोगिताको नतिजामा आयोजकको कुनै हात नरहेको जीकीर गरे । उनले एक प्रेस विज्ञप्ती वाचन गर्दै भने, ‘नृत्य प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन तथा घोषणा हुनै लाग्दा विभिन्न ब्यक्तिहरुले हो हल्ला तथा दुब्र्यवहार गरि अवरोध श्रृजना गरि उत्तेजनामा आई महोत्सव मुल समारोह समिती संयोजक मधु कुमारी खड्काले पत्रकारहरुलाई बक्तब्य दिँदै गर्दा नियोजित रुपमा हातपात भएको प्रति महोत्सव सञ्चालन समितीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पत्रकार सम्मेलनमा महोत्सव मुल समारोह समिती संयोजक मधु कुमारी खड्काले जारी गरेको विज्ञप्तीमा नृत्य प्रतियोगितामा अंकभार ५० प्रतिशत निर्णायक र ५० प्रतिशत टिकट भोटिङबाट हेको ब्यहोरा सबै प्रतिस्प्रधिलाई जानकारी र सोही बमोजिम प्रतियोगिताको अन्तिम प्रतिस्प्रधि छनौट भएको उल्लेख छ । अन्तिम नतिजा घोषणा गर्दै गर्दा सह आयोजक समितीको सदस्य सन्ध्या पाठक शर्माले प्रतिस्प्रधामा सहभागी आफ्नो बहिनी सुदिपा पाठक र अर्को प्रतिस्प्रधि दिलिप चुनाराको अभिभावक लगायतलाई उत्तेजित बनाई महोत्सव आयोजक तथा आयोजक समिती सदस्यहरुमाथि दुब्र्यवहार तथा हातपात, गालीगलौच गरेको घटना प्रति आयोजक घोर भत्र्सना गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

सह आयोजक समितीका सदस्य स्वयं उक्त घटना घटाउन प्रत्यक्ष भुमिका खेलेको देखिएको भन्दै निज सन्ध्या पाठक शर्मालाई माघ २७ गतेको घटना पश्चात बसेको आयोजक तथा सह आयोजक समितीको संयुक्त बैठकले निजलाई समितीको सदस्यबाट निस्कासन गरेको र उक्त अवाछनिय कृयाकलापको छानविन गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका निर्णयक केवी शाही र सन्तोष शोकी मगरले अन्तिम नतिजा प्रकानमा आयोजकको कुनै दवाव र प्रभावमा नपरेको प्रष्ट पारेका छन् ।

अन्तिम नतिजा बारे प्रकाश पार्दै निर्णायक सन्तोष शोकी मगरले प्रतियोगितामा सहभागी १८ जना मध्य प्रथम स्थान हाँसिल गर्न सफल मनिला कठायत ३३५.६५, करुणा शाही दोस्रो ३३३.६, दिक्षान्त भण्डारी ३०२.७५ अंक सहित तेस्रो र मनिशा परियारले ३०२.६५ अंक ल्याई सान्तोना हुन सफल भएको जनाए । जजेजबाट अंक धेरै प्राप्त गरेका प्रतियोगीले भोट कम पाउँदा पछाडी परेको निर्णायकको भनाई छ ।

अंकभार ५० प्रतिशत टिकट भोटिङबाट जोडिएकाले राम्रा प्रतिभा भएका प्रतियोगी पनि बाहिरीएको महसुस भएको बताउँदै निर्णायक केवी शाहीले भने, ‘यदि निर्णायक तर्फबाट मात्र अंक दिईने नियम बनाएको भए अहिले विजेता भएका भन्दा अन्य प्रतियोगिलाई विजयी बनाउन सकिन्थ्यो, तर हामी नियम अनुसार नै विजेता घोषणा गर्न बाध्य भयौं ।’

डान्स प्रतियोगितामा प्रथमलाई एक लाख, द्वीतियलाई ७५ हजार र तृतियलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । डान्स प्रतियोगिताको अन्तिम दिन शुक्रवार प्रतियोगीहरुका परिवारले निर्णायकहरुले मेला आयोजकद्वारा पैसा खाएर प्रथम गराएको आरोप लगाउनुका साथै विजय भएकाबाट सार्वजनिक रूपमा डान्स गरेर त्यसको निर्णय आम जनताले गर्न चुनौति दिँदै हो हल्ला तथा विवाद सृजना गरेका थिए । महोत्सव १९औं दिनमा शसनिवार सफलता पूर्वक सम्पन्न भएको र आयव्यय केहीदिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

  • २८ माघ २०७९, शनिबार २३:३६ प्रकाशित
  • Nabintech