७ बैशाख २०८१, शुक्रबार
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, को-को बने मन्त्री ? (सूचीसहित)
  • काँचुली खबर

२८ माघ, कोहलपुर । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा बन्दा चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री, विष्णु प्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका छन् ।

यसैगरी दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसी राम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।

यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

330517067_888058268914638_6357636411490185190_n

  • २८ माघ २०७९, शनिबार २२:३६ प्रकाशित
  • Nabintech