७ बैशाख २०८१, शुक्रबार
ज्योति स्पोर्टस क्लब (ए) र भेरी रकर्सको सहज जित
  • काँचुली खबर

२७ माघ, नेपालगन्ज । ज्योति स्पोर्टस एकेडेमी (ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस क्लबलाई सहजै १० विकेटले हरायो । अर्को खेलमा भेरी रकर्सले चन्द्रमेवालाल स्कुललाई ७ विकेट पराजित गरेको छ ।

ज्योति विरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको फाल्कोन खराब सुरुआत गरेको थियो । फाल्कोनले १२.१ ओभरमा ३० रन जोड्दा अलआउट हुन पुगेको थियो । फाल्कोनका शारुख खानले ११ रन बाहेक अन्यले दोहोरो रन जोडन सकेनन् ।

ज्योतिका सिद्धान्त राज शाहीले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित सिद्धान्तले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । सुनिल सुनार र रबिस बर्माले २-२ विकेट लिए । प्लेयर अफ द म्याच सिद्धान्तलाई लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले पुरस्कृत गरिन् ।

३१ रनको झिनो विजय लक्ष्य पाएको ज्योतिले २.५ ओभरमा बिना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । टोलीका लागि अविजित रहँदै प्रनिल थापा मगरले २९ रन र क्षितिज थापा मगरले ३ रन बनाए ।

यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालाल स्कुल १९.२ ओभरमा ८७ रन बनाएर अलआउट भएको थियो । चन्द्रमेवालालका लागि अमिर सिंहले १७ रन, शाहरुख रजा राईले १७ रन र ओपनर बिपिन साहुले १२ रनको योगदान गरे ।

वलिङ तर्फ भेरी रकर्सका साहिद अन्सारी र रकिन राना मगरले २-२ विकेट लिए । जवाफमा भेरी रकर्सले १० ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । रकर्सका लागि सोम शर्माले अविजित २१ रन, संगम कँडेलले अविजित १७ रन र ओपनर समसुद्धिन अन्सारीले १२ रनको योगदान गरे । चन्द्रमेवालालका वलर अलिफ राजा राईले ३ विकेट लिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । अन्सारीलाई लुम्बिनी प्रदेश सभा सदस्य मीना बोहरा सिद्धिकीले पुरस्कार प्रदान गरिन् ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप-महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

  • २७ माघ २०७९, शुक्रबार १७:४९ प्रकाशित
  • Nabintech