१५ बैशाख २०८१, शनिबार
कोहलपुरमा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सुरु
  • काँचुली खबर

२६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा बिहिबारदेखी उपमेयर कप यू-१८ छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ज्ञानज्योति मावि चप्परगौडिले विजयी सुरुवात गरेको छ ।

कोहलपुर ११ स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागेश्वरी ईमीले १५ ओभरमा ६ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो ।

११३ रनको विजयी लक्ष्य पछ्याएको ज्ञानज्योति मावि चप्परगौडीले १३।२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

ज्ञानज्योति मावि चप्परगौडीकी कप्तान मिस्मा थारुले २१ रन, विन्दु उचाई ठकुरीले २० रन ल्याएको थियो भने पहिलो बलर मै न्यू बागेश्वरीको १ वेकेट गुमाएको थियो । यस्तै बागेश्वरीका कप्तान स्वस्तीका पाण्डेले २० रन र बलर गिता रानाले २ वेकेज जितेकी थिइन् ।

खेलको बेस्ट प्लेयर अफ दी म्याच ज्ञानज्योति मावि चप्परगौडीकी मिस्मा थारुले १ हजार नगदसहित ट्रफी प्राप्त गरिन् ।

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा माघ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा विद्यालय सहभागि भएका छन् । जसमा कोहलपुर वागेश्वरी, ज्ञानज्योति मावि चप्परगौडी, सगरमाथा ज्ञानपुञ्ज, गोर्खा यूनाईटेड पब्लिक स्कुल, निम्बल ईमी स्कुल, त्रिभुवन नमूना मावि, बालशिक्षा मावि र ग्रिन पिस मावि सहभागी छन् ।

माघ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ हजार र उपविजेतालाई ११ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

  • २६ माघ २०७९, बिहीबार २३:१५ प्रकाशित
  • Nabintech