१५ बैशाख २०८१, शनिबार
अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ
  • काँचुली खबर

२६ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए ।

“अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने ।

त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीहरु समानान्तर गतिविधि छाडेर आउन तयार भए अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा आयोजक समिति बनाएर जानको लागि पार्टी केन्द्रीय कार्यलयले हामीलाई निर्देशन गरेको छ ।” पार्टीको निर्देशान पालना गर्दै समस्या समाधानका लागि संगठनको केन्द्रीय समिति तयार रहेको प्रवक्ता एमसीले बताए ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखा परेका समस्याको समाधानको गर्ने, सबैलाई एकठाउँमा ल्याएर आयोजक समिति बनाउने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष पञ्चा सिंहको संयोजकत्वमा सम्मेलन आयोजक समिति बन्ने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने सम्मेलन गर्ने बताइएको छ । स्थायी समितिको परिपत्रमा अब समानान्तर गतिविधि गर्न नपाइने निर्णय गरिएको छ ।

  • २६ माघ २०७९, बिहीबार २२:२२ प्रकाशित
  • Nabintech