१६ चैत्र २०८०, शुक्रबार
नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • काँचुली खबर

२६ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।

खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो ।

अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले आफ्नो जिम्मेवारीलाई जनताका पक्षमा दृढ रुपमा काम गरेको महसुस गरेको र जिल्लाका अन्य स्थानीय तहले नरैनापुर गाउँपालिकाबाट विभिन्न कुराहरु सिक्नुपर्नेमा जोड दिए ।

नरैनापुर ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुदले विद्यार्थीको क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।

खेलका प्रशिक्षक जनक केसीलाई गाँउपालिकाका अध्यक्ष शाहले भलिबल हस्तान्त्रण गरेर खेलको शुभारम्भ गरेका थिए भने विद्यार्थीहरुले मार्चपास मार्फत अध्यक्ष शाहलाई सलामी अर्पण गरेका थिए ।

जमुनी खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाँउपालिकाले जनाएको छ ।

  • २६ माघ २०७९, बिहीबार २१:५४ प्रकाशित
  • Nabintech