जनयुद्ध दिवसकाे अवसरमा भलिवल प्रतियोगिता आयाेजना गरीने
  • काँचुली खबर

२२ माघ, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा गरिन लागेको बिबिध कार्यक्रमहरुका बारेमा जानकारी दिन आइतबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अध्यक्ष शाहीका अनुसार, फागुन १ र २ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई ३५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३/३ हजारका दरले प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए ।

उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी गराए । टिम दर्ता गर्नका लागि खेलकुद उपसमितिका संयोजक वसन्त मल्ललाई ९८५८०२५६२७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

  • २३ माघ २०७९, सोमबार ०८:३३ प्रकाशित
  • Nabintech