८ बैशाख २०८१, शनिबार
क्षतिपूर्तिको माग गर्दै काेहलपुर चाैराह बन्द
  • काँचुली खबर

२१ माघ, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत काेहलपुर चाैराह बन्द गरीएकाे छ । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर ११ का जय प्रकाश घर्तीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै पिडित पक्षले काेहलपुर चाैराह बन्द गराएका हुन ।

कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजे घर्ती सवार स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे । पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रकले भे ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिदा घर्तिकाे घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि ईलाका प्रहरी कार्यालयमा पिडित र पिडक पक्षबिच आईतबार वार्ता भएपनि वार्ता सफल नभएपछि मृतकका आफन्तहरू आन्दाेलनमा उत्रिएका हुन । उनिहरूले अहिले काेहलपुर चाैराहमा टायर बालेर बिराेध प्रदर्शन गरीरहेका छन । जसका कारण लामाे तथा छाेटाे दुरीका सवारी साधन बाटाेमै राेकिएका छन ।

  • २२ माघ २०७९, आईतवार १८:१० प्रकाशित
  • Nabintech