१५ चैत्र २०८०, बिहीबार
अनौठो जागिर, अन्त्येष्टिमा रोए बापत मालामाल
  • काँचुली खबर

जागिर पनि कस्ता कस्ता ? आफन्तको मृत्यु हुँदा मानिसहरु शोकाकुल हुन्छन् र रुन्छन् पनि । रुने कुरा हृदयदेखि नै प्रकट हुने कुरा हो । तर दुनियाँ यति बनाबटी भइसकेछ कि कसैको मृत्युपछि रोइदिने मानिस पनि भाडामा पाइन थालेका छन् ।

कसैको मृत्युपछि शोकको घडीमा डाँको छाडेर रुनका लागि कोही पेशेवर रुन्चे मानिसहरुलाई पैसा तिरेर भाडामा लिने गरको सुन्नुभएको छ ? यस्तो अनौठो तथा सुन्दैमा अप्ठेरो लाग्ने कुरा विश्वास गर्न गाह्रो पर्दछ । तर यो यथार्थ हो । अफ्रिकी महादेशको एउटा देशमा यो प्रचलन रहेको छ ।

अफ्रिकी देश घानामा यस्तो प्रचलन छ कि कोही आफन्तको मृत्यु हुँदा शोकको घडीमा रोइदिनका लागि पेशेवर रुन्चेहरुलाई बोलाइन्छ । त्यसरी रोइदिए बापत उनीहरुलाई राम्रै रकम भुक्तानी गर्नुपर्दछ ।

घानामा केही समुदाय यस्ता छन् जसको पेशा नै कसैको मृत्युमा रोइदिनु हो । उनीहरु शौखका साथ उक्त पेशा अपनाइरहेका छन् । कहिलेकाहीँ कुनै अपरिचितको मृत्युमा रुनका लागि जानुपर्दा आफ्नै आफन्तको मृत्युमा रुन नपाउने अवस्थाबाट गुज्रिनुपर्ने अवस्था उत्पन्न हुने यो समुदायका नेता अमी डोक्ली बनाउँछिन् ।

यसरी कसैको मृत्युमा रोइदिने काममा संलग्न धेरै महिलाहरु विधवा महिलाहरु रहेका छन् । कुनै अपरिचितको मृत्युमा बनाबटी रुनु सजिलो त होइन । तर पनि उनीहरु यो पेशा अँगालिरहेका छन् ।

  • ३० असार २०७५, शनिबार १६:४७ प्रकाशित
  • Nabintech